फागुन २९ सुखड– कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा घोडाघोडी उद्योग वाणिज्य सङ्घको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष जियालाल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेशका सुदूर पश्चिम प्रदेशका संसदीय दलका नेता रण बहादुर रावल रहनु भएको थियो । विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी,उप मेयर प्रेम कुमारी थापा लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । पाँचौँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/२०७७ को ३ लाख ७९ हजार ८ सय ५९ बराबरको आय व्यय प्रस्तुत गरीएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । घोडाघोडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नन्दराम सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव धिरेन्द्र कठायतले गरेका थिए ।