Sunday, September 24, 2023

घोडाघोडी तालक्षेत्रलाइ बर्ड सेन्चुरी बनाउने सम्भावनाको लागि अन्तर्कृया कार्यक्रम सम्पन्न

चैत्र ०७ सुखड । विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी क्षेत्रलाइ चरा अभय आरण्य क्षेत्रको रुपमा विकास गर्नसके यहाँका जनताको आयआर्जनमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीले बताएका छन । शनिबार सुखड स्थित घोडाघोडी क्याम्पसमा आयोजित घोडाघोडी ताल क्षत्रलाइ चरा अभय आरण्य बनाउने सम्भावना सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन । उनीहरुले यस क्षत्रलाइ चरालाइ सुरक्षित र निष्फिक्रि वस्न सक्ने ठाउँमा विकास गर्न सके चराका किसिम थपिदै जाने जस्लाइ विश्वका धनि मानिसहरु अवलोकन गर्न आउने भएकाले उनिहरुले गर्ने खर्च नै यहाँको आयआर्जन रहेको धारणा राखेका थिए । आयोजक घोडाघोडी पर्यटन बोर्डका अध्यक्ष तथा नगर प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडी क्षेत्र चरा अभय आरण्य क्षेत्र हुने प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले यस क्षेत्रलाइ पर्यटनको केन्द्रबिन्दु बनाउनको लागि पर्याप्त बजेटको खाँचो रहेको बताए । नेपाल पर्यटन बोर्डका कुन्दन शर्माले मिश्रले यस क्षेत्रलाइ चरा अभय आरण्य क्षेत्रको रुपमा विकास गर्ने पहल अलि ढिलै गरि सुरु भएको बताए । उनले यो पहल अलि अगाडी नै हुनु पर्दथ्यो , तर अलि ढिलो गरी सुरु भएपनि चरा सुरक्ष्ािँत रहने क्षेत्र बनाउन सके विश्व पर्यटक को आकर्षणको केन्द्र बन्न सक्ने बताए । नेपाल पर्यटन बोर्डका पुर्व सदस्य कृष्ण बहादुर महराले आफुले सुदुरपश्चिमको पर्यटन विकासको लागि पहीले देखि नै पहल गर्दै आएको र आगामि दिनमा पनि महत्व पुर्ण भुमिका निर्वाह गर्ने बताए । विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्रमा एसिया को १ प्रतिशत चरा आउने गरेका छन । यहाँ यस वर्ष मात्रै तिन प्रजातिका सङ्कटापन्न प्रजातिका चरा थपिएका छन् । यो सिमसारमा मोरङ्ग चिल, गोठे लाटोकोसेरो र जलरङ्क गरी तीन प्रजाति थपिएका हुन । यो वर्ष चरा गणनाको क्रममा घोडाघोडी सिमसारमा यी प्रजाति पहिलो पटक अभिलेख गरिएको छ । योसंगै सुदूरपश्चिमको एक प्रसिद्ध सिमसार घोडाघोडीमा पाइने चरा प्रजाति सङ्ख्या बढेर ३४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *