Tuesday, September 26, 2023

त्रिबेणि गाउपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राेल्पा, चैत ७
त्रिबेणि गाउँपालिकाको आर्थिक सहयोगमा तथा गतबर्षको शिल्ड बिजेता श्री सिद्धरत्न मा बि हान्जाबाङ को आयोजनामा, त्रिबेणि गाउपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम आज चैत्र ०७ गते श्री सिद्ध रत्न मा बि त्रिबेणि ५ हान्जाबाङ रोल्पामा त्रिबेणि गाउँपालिका का अध्यक्ष शान्त कुमार वलि ज्यु को प्रमुख आथित्य तथा बि ब्य स अध्यक्ष जित बहादुर खत्री को सभापतित्वमामा श्री सिद्धरत्न मा बि हान्जाबाङको प्राङ्गणमा गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शान्त कुमार वलि द्वारा कार्यक्रमको उद्घाटन गरिएको छ।कार्यक्रममा स्वागत मन्तब्य भुपाल वलिले गर्नुभएको थियो।सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा कुमारी बुढा(घर्ती), प्रमुख प्रशासकिय अधिकृत निम बहादुर के सि, वडा न २,५,६ का वडा अध्यक्षहरु कबिराज बुढा, कृष्ण बहादुर के सि, लेखमणी डागी, शिक्षा अधिकृत अमृता बुढाथोकी, प्रा स लिलाकुमारी घर्तिमगर, वडा सदस्य धन बहादुर बस्नेत, कार्यपालिका सदस्य रेसम बि क , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, ब्यापारी, बुद्दिजिबी शिक्षक विद्यार्थी तथा अभिभावक लगायतको सहभागिता रहेको थियो। रनिङ शिल्ड कार्यक्रमको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष शान्त कुमार वलिले ” खेलकुद राष्ट्रको लागि धरोहर, खेलाडी राष्ट्रको गहना हुन र खेलको माध्यम बाट शारीरिक र मानसिक आरामका साथै तन्दुरुस्त र दिर्घजिबन बाच्न खेल आजको आबश्यकता हो त्यसकारण खेल जगतको बिकासको लागि खेल र खेलाडी उत्पादनको लागि गाउँपालिका सधै कटिबद्द छ।” भन्ने कुरा ब्यक्त गर्नुभयो। साथै आजको पहिलो दिनको खेल मार्सल आर्ट तर्फका खेलहरु बाट सुरु गरिएको हो। रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा मा बि बिधालयहरुको सहभागी रहेको छ।कार्यक्रमको सन्चालन आयोजक बिधालयका प्र अ बेगम कुमार वलिले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 119

Leave A Reply

Your email address will not be published. Required fields are marked *