Thursday, September 28, 2023

कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र द्वारा योगाभ्यास संचालन

कपिलवस्तु, कृष्णनगर, चैत्र ८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ ।

विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्र द्वारा अनुरोध गरिएको छ ।

संघिय, प्रदेश सरकार र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आउदा स्थानीय खुशी देखिन्छन् ।

जीवनशैली परिवर्तनका कारण विभिन्न प्रकारका रोगहरू बाट पिडित भएको अवस्थामा हामी स्वास्थ्य रहनका लागी योगाभ्यास संचालन गरेको बताउदै योगाभ्यास वडास्तरमा समेत विस्तारै विस्तार गर्ने, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरमा दैनिक OPD सेवा संचालनमा रहेको र पंच कर्म सेवा समेत छिट्टै संचालनमा आउने नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर प्रसाद मिश्रले बताए । साथै योग प्रशिक्षक कृष्णनगरका समाजसेवी राहुल सिंह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *