Sunday, September 24, 2023

घोडाघोडीको डोकेबजारमा बस दुर्घटना हुदा एक जनाको मृत्यु, २८धाईते

चैत्र ०८ सुखड– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएका छ । बसमा सवार २८ जना धाईते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । गम्भीर केही धाईतेहरुलाई थप उपचारको लागी नेपालगन्ज पठाइएको र सामान्य धाईतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा धनगढीबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटना भएको हो । धाईते यात्रुका अनुसार ट्रकलाई ओभर ट्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको बताएका छन् । अत्तरिया बाट ६ बजेर १० मिनेटमा हिटेको बस डोके बजारमा ६ बजेर ४० मिनेटमा पुगेको घोडाघोडी अस्पतालमा उपचार गराई रहेको एक यात्रुले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *