Sunday, September 24, 2023

नेकपा (एमाले)को घोडाघोडि नगर पार्टी कार्यालय सुखडमा स्थापना

चैत्र १२ सुखड- कैलालीको  घोडाघोडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यालय स्थापना गरिएको छ ।  सर्वोच्च अदालतको निर्णयपछि आफ्नै घर फर्किएको जनाउदै नेकपा ९एमाले० घोडाघोडी नगर कमिटीले  बिहीबार पार्टी कार्यालय स्थापना गरेको हो । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा  जिल्ला अध्यक्ष रतन थापा,नगर प्रमुख ममता प्रसाद चौधरी लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष थापाले पाटीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताएका छन् ।    पूर्व एमाले र माओवादी बिच भएको एकतापछि भत्किएका पार्टी कार्यलयहरु धमाधम पुनः स्थापना भैरहेका छन् । सर्वोच्च अदालतको निर्णयपछि पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू आ  आफ्नै पार्टीमा फर्किएर पार्टी कार्यालय स्थापना गर्न तल्लीन रहेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *