Tuesday, September 26, 2023

राष्ट्रिय युवा संघ नेपाल कैलालीको १४ गते हुने भेलाको लागि भब्य तयारी

चैत्र १३ सुखड ।
सर्वोच्चको फैसलापछि पुरानै ठाउँमा फर्किएको नेकपा एमालेको भातृ सँगठन राष्ट्रिय युवा सँघ नेपाल कैलालीको जिल्ला भेला फाल्गुन १४ गते धनगढीमा हुने भएको छ । शुक्रबार राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कमिटी कैलालीले जिल्लाको घोडाघोडी नगरपालीका १ सुखडमा गरेको पत्रकार सम्मेलन मार्फत युवा सँघको जिल्ला भेला धनगढीको ओमप्यालेसमा हुने जानकारी गराइएको हो ।
शनिबार हुन गइरहेको भेलालाइ नेकपा एमाले सुदुरपश्चिम प्रदेस इन्चार्ज एवम् वर्तमान सरकारका उद्योग वायिाज्य तथा आपुर्ति मन्त्रि लेख राज भट्ट र पुर्व मन्त्रि तथा राष्ट्रिय युवा सँगठन नेपाल इन्चार्ज महेस बस्नेतले सम्बोधन गर्ने जनाइएको छ ।
भेलाको लागि सम्पुर्ण तयारी पुरा भइसकेको तथा भेलामा जिल्लाका १० हजार युवाको सहभागिता रहने राष्ट्रिय युवा सँघ नेपाल कैलालीका जिल्ला अध्यक्ष गणेश महराले पत्रकार सम्मेलन मार्फत जानकारि गराएका छन । भेला शुरुहुनु अघि अत्तरीया देखी ५ हजार मोटरसाइकल सहितको ¥याली निकालीने पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको छ ।

एमाले टुक्रिसकेको भन्ने हल्लालाइ चिर्न तथा राष्ट्रिय,प्रदेस र स्थानिय स्तरमा पनि एमाले बलियो र एकजुट रहेको देखाउन पनि भेलाको आयोजना गरिएको अध्यक्ष महराले बताएका छन ।
कोरोनाको जोखिम लाइ मध्यनजर गर्दै स्थानिय प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका बेला आयोजना गरीएको कार्यक्रममा सँक्रमण फैलिन सक्ने खतरा रहँदैन ? भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष महराले त्यसको लागि आफुहरु सचेत रहेदै वडा बाट नै स्वयम सेवक टिम बनाएको जानकारी गराए । अध्यक्ष महराले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वयम सेवकले भुमिका खेल्ने तथा कार्यक्रम स्थलमा सेनिटाइजर मास्क लगायतको व्यवस्था रहने पनि जानकारी गराएका छन ।
भेलाबाट वडा स्तरबाट नै प्रतिनिधितव रहने गरि जिल्ला कमिटीको घोषण गरिने कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष महराले जिल्ला इन्चार्ज तथा अन्य कमिटी चयन विषयमा अग्रज नेता सँग परामर्श लिइ आज साँझ सम्म तय गरिने जानकारि गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *