Thursday, September 28, 2023

ओली विरुद्ध अविश्वको प्रस्ताव आए संकट काल लाग्ने : डा.के सी

काठमाडौं, १३ चैत्र । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले आफूले नेकपाको एकतालाई कृत्रिम एकताको संज्ञा दिएको र यो टिक्दैन् भनेर भविष्यवाणी गरेको कुरा अहिले पुष्टि भएको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए मुलुकमा संकटकाल लाग्ने टिप्पणी गरेका छन् । डा. केसीले नेकपा (एमाले) फुटिहाल्ने नै नदेखिएको पनि टिप्पणी गरेका छन् । उनले वरिष्ठ नेता माधव कुमार नेपालसहित उनी पक्षधर नेताहरु प्रधानमन्त्री ओलीसामू लाचार भएको पनि बताएका छन् ।प्रधानमन्त्री ओली माधव नेपाल र भीम रावललाई कारबाही गर्ने तहमा नजाने पनि केसीको भनाई छ । उनले माधव नेपाललाई कारबाही गरेर पार्टीबाट निश्काषन गर्न नसक्ने पनि ठोकुवा गरेका छन् । उनले प्रधानमन्त्री ओलीले कारबाही गर्नको लागि त केही क्रेज हुनुपर्यो नि भन्ने टिप्पणी गरेका छन् । बरु, कारबाही गर्नसक्ने पार्टीमा ल्याकत र क्रेज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको सुनाएका छन् । केसीले प्रधानमन्त्री ओली एक्सन ओरिएण्टेड लिडर नभएको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *