Saturday, September 23, 2023

कैलालीमा दुईओटा मोटरसाइकल एक आपसमा जुध्दा एकजना को मृत्यु,एक जना घाइते

कैलालीमा दुई ओटा मोटरसाइकल एक आपसमा जुद्धा एकजनाको अस्पतालमा मृत्यु भयो भने एक जना घाइते भएका छन् ।

चैत्र १६ सुखड ।कैलालीमा दुइ ओटा मोटर साइकल एक आपसमा जुद्धा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन । जिल्लाको कैलारी गाउँपालिका ५ पवेरा बजारमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन ।से ३ प २२ ५२ नम्बरको मोटरसाइकल र से ३ प ७४ ५१ नम्बरको मोटरसाइकल गएराती सवा नौ बजे आपसमा ठोक्किएका थिए । मृत्यु हुनेमा २२५२ नम्बरको मोटरसाइकलका चालक कैलालीकै भजनी नगरपालिका ८ का २५ वर्षीय सुमन चौधरी रहेका छन् । धनगढी स्थित सेती प्रादशिक अस्पतालमा उपचारको क्रममा गएराती नै उनको मृत्यु भएको छ ।सोही मोटरसाइकलमा पछाडी सवार व्यक्ति र ७४५१ नम्बरको मोटरसाइकलका चालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *