नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । एमालले पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि दुवै पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।