Saturday, September 23, 2023

थ्री नेशन कपको उपाधि नेपाललाई,फाइनलमा बङ्गलादेश २-१ ले पराजित

प्रेम ताडी, सुखड,चैत्र १६

फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोलले पराजित गर्दै थ्री नेशन कपको फुटबलको उपाधि उचालेको हो ।

आज दशरथ रंगशालामा भएको थ्री नेशन कप फुटबलको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोलले पछि पार्दै उपाधि उचालेको हो । नेपालले सुरुवाती चरणबाट बङ्गलादेशलाई दबाबमा राख्दै खेलको पहिलो हाफको १८औं मिनेटमा पहिलो गोल सञ्जोक राईले गर्दै नेपाललाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । त्यसपछि दबाबमा परेको बङ्गलादेशले खेलको ८२ औं मिनेटमा एक गोल फर्काउदै खेल २-१ मा पुर्याए बङ्गलादेशका लागि मामुबुल रहमानले गोल गरे । यसरी बङ्गलादेशलाई २-१ ले पराजित गर्दै थ्री नेशन कपको उपाधि नेपालले आफ्नो घरेलु मैदानमा उचालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *