सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदायमा होरी पर्व १ महिना ८ दिनसम्म मनाइन्छ।
माघ शुक्लपूर्णिमादेखि फागुन शुक्लपूर्णिमासम्म जिउँदो होरी भनेर ३० दिन र फागु पूर्णिमापछि थप ८ दिनसम्म मरेको होरी खेल्ने चलन रहेको बताउँछन् धनगढी गाउँका भलमान्सा शाहजादे राना।
रानाथारु बस्तीमा १ महिना ८ दिन मनाइने होरी पर्व आधुनिकता बढेसँगै लोप हुँदै जान थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।