Saturday, September 23, 2023

त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ। फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो। नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो।  नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त गर्‍याे।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल खेलमा नेपाली टोलीले सुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो। खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरे। उनी आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भए। यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे।

पहिलो हाफमा नेपाली खेलाडीहरुले गोल गर्ने उत्कृष्ट प्रयास गरेका थिए। खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो। खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो। अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो। 

यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो। खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो। उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे। खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाए। यस्तै ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुके। 

नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन। फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो। बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गरेका थिए। नेपालले खेलको अन्तिमतिर गोल गर्ने प्रयास गरेको थियो । तर, तेस्रो गोल गर्न भने नेपाल असफल रह्यो। अन्ततः नेपाल बङ्गलादेशविरुद्धको खेलमा २–१ गेलअन्तरले विजयी भयो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *