Saturday, September 23, 2023

महेन्द्रनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु

महेन्द्रनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भीमदत्त नगरपालिका–२ स्थित भाँसीमा साइकलबाट लडेर सोही नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने होमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुडाबाट महेन्द्रनगरतर्फ आउने क्रममा राई लडेर घाइते भएको बताए।

उपचारका लागि उनलाई महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *