अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको फेसबुक ह्याक भएको बताएका हुन।
‘दीपाजीको फेसबुक ह्याक भएको छ। सरोज खनाल दाइको पनि फेसबुक ह्याक भएको छ’, उनले भनेका छन्, ’ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ। सजग रहनुहोला।’
दीपाश्रीसँगै अभिनेता सरोज खनालको पनि एकाउन्ट ह्याक गरेको उनले बताएका छन्।