Tuesday, September 26, 2023

सांसद् दुर्गा पौडेलले भनिन्, ‘रेशम चौधरीलाई माफी दिनु न्यायसंगत हुँदैन’

 राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन्। 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनलेसांसद् जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने बताइन्। 

‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको छ’  पौडेलले भनिन्, ‘टीकापुरमा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो। यो अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो। यसलाई राजनीतिक भनेर माफी दिनु सही हुनसक्दैन।’

साथै उनले सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने बताइन्।]

साथै उनले सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *