Saturday, September 23, 2023

डडेल्धुरामा एक पसलमा आगलागी हुँदा ६० लाख बढीको क्षति

 डडेल्धुरामा एक पसलमा आगलागी भएको छ ।

अमरगढी नगरपालिकाको वडा नम्बर ७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको बताइएको छ ।

सो पसलमा बुधबार राती करिब साढे ११ बजे तिरको समयमा आगलागी भएको र पसल पुरै जलेर ध्वस्त भएको बताइएको छ ।

नगरपालिकाको वडा नम्बर ८ का स्थानीय यज्ञ साँकीको काठ र जस्ताले बनेको उक्त पसल पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले बिजुलीको तार सर्ट भई आगो लागेको हुनसक्ने बताएको छ ।

स्टोरले खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका साथै ग्यासको कारोवार समेत गर्दै आएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *