Sunday, September 24, 2023

सिसा परियोजना द्वारा धान तथा गहुँ काट्ने मेसिन (रिपर) मर्मत तथा सन्चालन तालिम प्रदान

डेमोक्रेसी सम्बादाता,चैत २० शुक्रबार
जोशिपुर,कैलाली – कैलाली जिल्लाको जोशिपुर गाउपालिका वार्ड न.१ र २ मा आज सिरियल सिस्टम एनिटेटिभ अफ साउथ एसिया(सिसा) को सहयोग र
एन.बि.इन्टरप्राइजेज जोशिपुर शाखाको आयोजनामा नयाँ सेवा प्रदायक किसान लाई धान तथा गहु काटने मेसिन (रिपर) मर्मत गर्ने र नया मसिन लाई कसरी सन्चालन गर्ने भन्ने बारेमा अनुभव प्राप्त प्राबिधिकहरुको उपस्थिति गराइ उनिहरु बाट नै तालिम प्रदान गरिएको हो।सो कार्यक्रममा सिसा परियोजनाका प्रमुख डा.अनिल चन्द्र न्योपाने यस्तो तालिमले गर्दा मसिन बारे ज्ञान् हुने र यस्लाइ सहि ढङ्गले सन्चालन गर्न तथा मर्मत गर्नाका लागि धेरै कुरा को प्राबिधिक जानकारी हुने हुनाले समय श्रम को बचत समेत हुने हुदा किसानका लागि अत्यन्तै लाभदायक हुने साथै विशेषगरी महिला प्रयोगकर्ता ले यश बाट धेरै सिक्न सक्ने बताउदै सहभागी हरुलाइ प्रशिक्षण दिएका थिए भने परियोजनाका सुदुरपश्चिम सयोजक
लोकेन्द्र खडकाले धान र गहु काटदा मसिन लाई प्रयोगात्मक रुपमै तालिम दिएका थिए साथै कृषि प्राबिधिक हरिप्रसाद आचार्यले सेवाप्रदायक हरुलाइ फिल्ड्मै खटेर सहयोग गरेका थिए।आयोजक एन.बि.एन्टरप्राइजेजका संचालक नैन बहादुर चौधरीले यस्तो प्रकारको प्राबिधिक तालिमले धेरै नयाँ सेवा प्रदायक किसान लाई धेरै नै फाइदा मिलेकाले किसानहरु ले धेरै कुरा सिक्न पाएका हुनाले सहयोगी सस्था सिसा परियोजना लाई धन्यवाद दिएका थिय भने सो कार्यक्रममा कैलाली विभिन्न ठाउँ बाट ११ जना महिला सहित ३५ सेवा प्रदायकहरुको उपस्थिति रहेको थियो।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *