बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ ।
बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद किरण खेरलाई ब्लड क्यान्सर भएका बताइएको छ । भारतीय सञ्चार माध्यमहरुमका अनुसार खेरलाई मायलोमा नामक रोगबाट ग्रसित भएकी हुन् ।
यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बलिउडमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी किरणले यसपछि ‘सरदारी बेगम, देवदास, ओम शान्ती ओम लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।