Saturday, September 23, 2023

धनगढी मेयर उपमेयर कप फुटवलः महिलातर्फ वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्ने

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन् । 

फुलबारीस्थित खेल मैदानमा भएका महिलातर्फका दुबै सेमिफाईनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्ने भएका हुन् । महिलातर्फको पहिलो सेमिफाईनलमा वडा नम्बर १९ ले वडा नम्बर १८ लाई ५–० ले हरायो । दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ ले वडा नम्बर १४ लाई ४–० ले किनारा लगायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *