Saturday, September 23, 2023

पानी परे पनि डढेलो निभेन, ४३ जिल्लाका करिब तीन सय ठाउँमा आगलागी

 केही दिनअघि पानी पर्दा वन डढेलोमा कमी आउने विश्वास गरे पनि वन डढेलो रोकिएको छैन। शनिबार देशभरका विभिन्न वनमा गरेर २ सय ९० ठाउँमा आगलागी भइरहेको छ। यो समाचार तयार पार्दा ४३ जिल्लाका वनमा डढेलो लागिरहेको छ।

अछाम ३,अर्घाखाँची ५, बैतडी ३,बाजुरा १,बाँके ११,बारा १,बर्दिया २१,भोजपुर १,चितवन २४,डडेलधुरा २७, दैलेख ६, दाङ १५,दार्चुला १,धादिङ १,धनकुटा २, दोलखा २,डोटी ७, गुल्मी १,जाजरकोट ७,जुम्ला २,कैलाली ९,कालीकोट ९,कञ्चनपुर ८,खोटाङ ३,मकवानपुर १०,नवलपुर ७,परासी १,पाल्पा ४,पाँचथर ३,पर्सा १२,प्युठान ६,रौतहट १,पश्चिम रुकुम ३,सल्यान १७,सर्लाही १,सिन्धुली ३,सिराहा २,सोलुखुम्बु २,सुर्खेत २९,तनहुँ १ र उदयपुरको ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ। 

बुधबार पानी परेकोले बिहिबार वन डढेलोमा कमी आएपनि आएपनि आज पुनः वनमा डढेलो बढेको छ। बिहिबार १९ जिल्लाको ५९ वनमा र शुक्रबार ३ सय २३ ठाउँको वनमा आगलागी भएको थियो।

विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको छ। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको छ।

आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरूले चुरोट खाएर फाल्ने, वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रूख पलाउने आशामा आगलागी गराउने गरेका छन्।

आगलागी नियन्त्रणमा नागरिक स्तरबाट वनमा आगलागी गर्न नहुने चेतनाको विकास हुनुपर्ने वन डढेलो पहिचान प्रणालीका एक कर्मचारी बताउँछन्।

उनका अनुसार वन डढेलो लगाउनुलाई अपराध मानिन्छ। वन ऐनमा कसैले वनको क्षति गरेमा वा डढेलो लगाएमा तीन वर्ष कैद वा ६० हजार जरिवाना तथा दुवै हुने व्यवस्था रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *