प्रेम ताडी,चैत्र २२,सुखड,
वायु प्रदुषण कारण बन्द भएका विद्यालयहरू आज देखि सञ्चालनमा आउँदै छन् ।
नेपालमा वायु प्रदुषण अति हानिकारक अवस्थामा पुगेपछि गएको मंगलबार देखि शुक्रबार सम्मका लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
देशमा हानिकारक वायु प्रदुषण भएकाले बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गएको मंगलबार बसेको बैठकले चार दिनका लागि विद्यालय बन्द गरेको थियो । शिक्षण संस्था बन्द गर्नु अघि शिक्षा मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली संग परामर्श गर्नुभएको थियो । परिस्थितिका कारण तत्काल यस्तो निर्णय गर्नुपरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनु भयो ।
तर अहिलेको अवस्थामा वायु प्रदुषण कम हुँदै गएको र कोरोना भाइरसको सङ्क्रमणको डर कायमै रहेकाले आवश्यक सजकता अपनाउन प्रवक्ता शर्माले आग्रह गर्नु भएको छ । उहाँले माक्स लगाउने,स्यानिटाइजरको प्रयोग गर्ने लगायत अतिआवश्यक मापदण्ड पालना गर्न आग्रह गर्नु भयो ।
यस्तै उहाँले आवश्यकताका आधारमा विद्यालयमा पढाइ सञ्चालन कसरी अघि बढाउने भन्ने जिम्मेवारी स्थानिय पालिका हरुलाई नै रहेकाले आवश्यक निर्णय गरी शैक्षिक कार्य अघि बढाउन आग्रह समेत गर्नु भयो ।