Saturday, September 23, 2023

कांग्रेस र माओवादी वैकल्पिक सरकार बनाउन अझै अलमलमा

प्रेम ताडी,चैत्र २३,सुखड,

वैकल्पिक सरकार बनाउन जुटेका माओवादी केन्द्र र कांग्रेस जसपा ले साथ नदिने सङ्केत देखाएपछि अलमलमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसंग क्षलफलको प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् ।भने जसपा भित्र पनि उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । गएको शुक्रवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो । कांग्रेसको निर्णयपछि माओवादी केन्द्र पनि उत्साहित भएको थियो ।अस्ति कपिलवस्तुमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिटै वैकल्पिक सरकार बन्ने बताउनुभएको थियो । जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने सङ्केत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलमा छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा वैकल्पिक सरकार गठन गर्न कांग्रेसलाई जसपाको साथ आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् ।नेकपा एमालेका १ सय २१ सांसद छन् । राप्रपा, जनमोर्चा र नेमकिपाका एक-एक जना सांसद छन् । कांग्रेसलाई गठबन्धनको सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवै पार्टीको साथ चाहिन्छ । अहिलेको स्थितिमा जसपाभित्र पनि दुई धार भएकाले सत्ता समीकरणका विषयमा एकमत नहुँदासम्म वैकल्पिक सरकार गठन हुने सम्भावना देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 36

Leave A Reply

Your email address will not be published. Required fields are marked *