प्रेम ताडी,२३ चैत, सुखड,
सरकारले आगामी जेठ – असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्च बिन्दुमा पुग्ने सक्ने आंकलन गरेको छ ।
आज भएको संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’
अहिले छिमेकी देश भारतमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि ठूलो असर गर्ने भएकाले स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उहाँले आग्रह गर्नु भयो ।
यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।