कैलालीमा रोकिएको ट्रकमा कार ठोकिएको छ।
जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया पानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिएको हो। कार र ट्रक ठोक्किदा कारमा सवार घाइते भएका छन्। उनीहरुको पहिचान खुलेको छैन्।
उपचारका लागि अस्पताल लगिएको र थप विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले बताएको छ।