Saturday, September 23, 2023

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सांसद कारबाहीमा,किन परेनन् बादल

प्रेम ताडी,सुखड, २४ चैत्र ।

नेकपा माओवादी केन्द्रले पार्टी छाडेका सांसदहरुलाई कारबाही गरेको छ तर बदल भने कारवाहीमा परेनन् ।

आज माओवादी केन्द्रले संसद सचिवालयलाई पत्राचार गरी सांसद पद नै नरहने गरि निष्काशन गरेको पत्र पठाएको छ । माओवादी केन्द्रको निष्काशितहरुमा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशंकर चौधरी छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।माओवादीले चारजना सांसदमाथि कारबाही गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारबाही गरेको छैन । उनी नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको बागमती प्रदेश कमिटीका संयोजक पदमा छन् । उनी राष्ट्रिय सभा संसद हुन् । कारबाहीको पत्रमा बादलको नाम नरहेपछि धेरैको चासो बढेको छ ।

के बादल फेरि माओवादी केन्द्र मा नै त फर्किन्नन ? हैन भने उनी माथि किन कारबाही भएन ? भन्ने प्रश्नहरू धेरैको मनमा छन् तर, बादलले प्रचण्डको चर्को आलोचना गर्दै आएका छन् । उनी माओवादीमा फर्किने सम्भावना कम छ । बादललाई अर्को चरणमा कारबाही गर्ने सम्भावना पनि रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *