प्रेम ताडी,चैत्र२७, सुखड,
इन्डियन प्रीमियर लिग(आईपीएल)आजबाट सुरु हुँदै उद्घाटन खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने भएका छन् ।
१४औँ संस्करण को इन्डियन प्रीमियर लिग (आईपीएल) आजदेखि सुरू हुँदैछ । आज हुने यो उद्घाटन खेलमा हाल सम्म उपाधि विहिन रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र गत सिजनको विजेता मुम्बई इण्डियन्स खेल्ने छन् ।
हालसम्म मुम्बईले पाँच पटक उपाधि जितिसकेको छ भने आरसीबीले एक पटक पनि उपाधि हात पार्न सकेको छैन ।आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ । टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन ।सधैका वर्ष झै यो बर्ष पनि आरसीबीले केहि चर्चित क्रिकेटरलाई आफ्नो टिममा समावेश गरेको छ । ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतका स्टारलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ ।
मुम्बईले यो पटक अक्सनबाट पियूष चावला, जिमी नीशम, एडम मिल्नेलगायतलाई अनुबन्ध गरेको थियो ।
आरसीबीको कप्तानी विराट कोहली ले गर्ने छन् भने मुम्बई को कप्तानी रोहित शर्मा ले गर्ने छन् । आरसीबी र मुम्बईबीचको पहिलो खेल आज नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।
कोरोना संक्रमण कायमै भए पनि यो पटक भारतमै आईपीएल हुँदैछ । गत सिजनको आईपीएल कोरोना कारण यूएईमा भएको थियो ।यो पटकको आइपिएल केहि रोमाञ्चक हुने देखिएको छ टीमहरुमा धेरै स्टार खेलाडी हरु परिवर्तन गरिएका छन् ।यो पटक आईपीएलमा बीसीसीआईले केही नियम परिवर्तन गरेको छ ।