प्रेम ताडी,चैत्र२७,सुखड,
विद्यालय उमेर समूहका बालबालिकामा कोरोनाको जोखिम बढेपछि अनलाइन बाट पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको आग्रह गरेको छ ।
नेपालमा बालबालिकालाई सङ्क्रमण हुने क्रम बढेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था गराउन सिफारिस गरिएको हो । नेपालमा अहिले स्कुले बालबालिका र १८ वर्षभन्दा कम उमेरकालाई सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसअघि यो उमेर समूहमा सङ्क्रमणदर सात दशमलव ४ प्रतिशत रहेकोमा अहिले दोब्बरभन्दा बढीले बढेर १६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।