सुखड, चैत्र २७,
सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् भने माओवादीले बादललाई पनि कारबाही गरि सांसद पदबाट हटाएको छ ।
माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीलाई हिजो मात्र संसद पद बाट निलम्बन गरेको थियो । फेरि माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरूलाई पुरानै मन्त्रालयमा नियुक्त गरेको छ ।
उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उता माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई सांसद पद बाट हटाएको कुरा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिएको छ । माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा सांसदको रुपमा गै गृहमन्त्री भएका थिए ।