Saturday, September 23, 2023

बेइजिङ अब अर्बपतिहरुको सहर

बेइजिङ: फोर्ब्स म्यागजीनका अनुसार चीनको बेइजिङ संसारकै सबैभन्दा धेरै अर्बपतिहरु बस्ने सहर बनेको छ ।

फोर्ब्सले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङमा सबैभन्दा धेरै अर्बपतिहरू रहेको तथ्यांक सार्वजनिक भएको हो । बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ।

संसारका अन्य सहरमा यति धेरै अर्बपति छैनन् । यसअघि भने अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरै अर्बपति थिए । हाल ९९ जना अर्बपति न्यूयोर्कमा मात्रै छन् । ७ वर्षदेखि नै अगाडि रहेको न्यूयोर्कलाई यस वर्ष बेइजिङले उछिनेको हो ।

कोरोनाभाइरस नियन्त्रणमा सफलता, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण बेइजिङ न्यूयोर्कलाई पछाडि पार्न सफल भएको बताइन्छ ।

चीनकै एउटा छिमेकी राष्ट्र भारतमा भने १४० जना अर्बपति रहेको तथ्यांक छ । अघिल्लो संस्करणको तुलनामा चीनमा यस पटक २१० अर्बपति थपिए । चीनमा जम्मा ६९८ जना अर्बपति छन्।

यस्तै अमेरिकामा ७२४ अर्बपति छन् । धेरै धनाढ्य बेइजिङमा भए पनि उनीहरुको सम्पत्तिको आकारमा भने न्यूयोर्कका धनाढ्य अगाडि छन्। न्यूयोर्कका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति रहेको बीबीसीमा उल्लेख छ ।

फोर्ब्सका अनुसार टिकटकका संस्थापक ज्याङ यिमिङ बेइजिङका सबैभन्दा धनी हुन् । जोसँग ३५.६ अर्ब डलर सम्पत्ति छ। यस्तै न्यूयोर्कका सबैभन्दा धनी माइकल ब्लूमबर्गसँग भने ५९ अर्ब डलर सम्पत्ति छ।

संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा अहिलेसम्म एमजनका जेफ बेजोस छन्। गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति एक खर्ब ७७ अर्ब डलर पुगेको छ।

यसरी संसारभर ४९३ जना नयाँ अर्बपति थपिएका छन्। अर्थात् औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *