कपिलवस्तु , चैत २७
कपिलवस्तु काे यशाेधरा गाउपालिका काे आयाेजना तथा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम काे सहयोग मा बैदाैली स्वास्थ चाैकी मा १ दिने नि: शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ३६१ जना विरामीलाई चेक जाच गरी १०९ जना विमारीलाई माेतीविन्दु काे अपरेसन काे लागि ताैलिहवा आँखा अस्पतालमा पठाइएको हाे । विरामीहरु मध्ये ,यसोधरा गाउँपालिका लगायत छिमेकी राष्ट्र भारत महाराजगन्ज नगरपालिका , शुद्वाेधन गाउपालिका , कपिलवस्तु नगरपालिका र बुद्ध भुमि नगरपालिका भित्र अाखा काे समस्या रहेको विरामीहरु रहेको कुरा स्वास्थ इकाई प्रमुख विरेन्द्र कुमार मिश्राले जानकारी दिनु भयो ।