Tuesday, September 26, 2023

सुदूरपश्चिम उसु संघको अध्यक्षमा दुष्यन्त बस्नेत

 सुदूरपश्चिम प्रदेश उसु संघको प्रथम भेलाले सर्वसम्मत रुपमा दुष्यन्त बस्नेतको अध्यक्षता नयाँ कार्य समिति चयन गरेको छ। बस्नेत उसु संघका वर्तमान प्रादेशिक उपाध्यक्ष समेत हुन।

धनगढीमा शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आतिथ्यमा भएको भेलाले संघको उपाध्यक्षमा राजीव गुप्ता, सचीवमा अस्मिता जोशी(अन्तराष्ट्रिय निर्णायक), कोषाध्यक्षमा उत्तमराम बस्केललाई सर्वसम्मत चयन गरेको हो।

त्यस्तै भेलाले संघको सदस्यहरूमा श्रद्धा बलायर, दीपक सिंह भण्डारी, चेतराज भण्डारी, नवीन गाहामगर र दिनेशराज भट्टलाई सर्वसम्मत चयन गरेको छ।

नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल उसु संघका महासचिव लाक्पा छिरिङ लामाले सपथ ग्रहण गराएका थिए।

नव निर्वाचित पदाधिकारीहरुलाई सामाजिक विकास मन्त्री सुवेदी र नेपाल उसु महासंघका केन्द्रिय उपाध्यक्ष हरी थापाले प्रमाणपत्र र दोसल्लाले सम्मानित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *