Saturday, September 23, 2023

थारू गाउँको झल्को दिने ‘उन्नति कल्चरल भिलेज

चितवनबाट महेन्द्र राजमार्ग हुँदै पश्चिम जाँदा गैँडाकोटमा घना लिचीको बगैंचा छ । बगैँचाभित्र चिटिक्क पारेर सिंगारिएका झुप्रा घर देखिन्छन् ।

भरतपुरबाट १२ किलोमिटर दूरीमा रहेको यो ठाउँमा पुग्ने आगन्तुक सुरूमा कुनै जमीनदारको बगैंचा हो कि ठानेर झुक्किन्छन् । तर यो कुनै जमीनदार वा ‘साहु-महाजन’को बगैंचा होइन । यो त चौधरी फाउण्डेसनले निर्माण गरेको ‘उन्नति कल्चरल भिलेज’ हो । नेपाली भाषामा यसलाई ‘सांस्कृतिक ग्राम’ भनिएको छ ।

यही सांस्कृतिक ग्राममा गत फागुन २८ र २९ गते ‘फाइन प्रिन्ट फिभर, घुम्ती साहित्य महोत्सव’ सम्पन्न भयो । त्यस अवसरमा यही भिलेजमा देशका चर्चित लेखक, पाठक र स्थानीयको जमघट भयो । महोत्सवमा लेखकहरूबीच अन्तरक्रिया, पुस्तक प्रदर्शनी र नाटक प्रदर्शन गरियो ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरी महोत्सवका दुवै दिन कल्चरल भिलेज परिसरमै भेटिए । त्यहाँ उपस्थित लेखक, कलाकार र स्थानीयसँग चौधरीले कुराकानी गरे ।

उसो त थारू संस्कृति झल्काउने यो सांस्कृतिक ग्राम धनाढ्यहरूले बनाएको रिसोर्टजस्तो लाग्न सक्छ । तर धन हुँदैमा सबै कुरा सम्भव नहुने उद्योगपति विनोद चौधरीले सांस्कृतिक ग्राममा आयोजित बहस कार्यक्रममै जिकिर गरिरहेका थिए । विनोदका अनुसार इच्छाशक्ति र आवश्यकताबोधले मात्रै कुनै पनि कुरा सम्भव हुन्छ ।

नेपालको बहुलता समेट्ने गरी सांस्कृतिक ग्राम निर्माण शुरू गर्ने उद्देश्यका साथ उन्नति कल्चरल भिलेज निर्माण गरिएको चौधरीले बताए । उनकै सक्रियतामा गैरनाफामूलक संस्थाका रूपमा उन्नति कल्चरल भिलेज बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *