चैत्र २८पत्रकार महासंघ को केन्द्रिय निर्वाचनमा विपुल पोख्रेल को प्यानलको जीत पक्का भएको छ ।
चैत्र २५ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनको मतगणना आइरहँदा केन्द्र मा अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।
तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले बाँकी मतले उनलाई त्यति फरक नपार्ने भएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालिसकेको बताईएको छ। तर निर्वाचन समितिले भने बाँकी मत गणना हुन बाँकी रहेकाले विजयी घोषणा भने गरेको छैन । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका बताएको छ । जितको औपचारिक घोषणा साँझ पाँच बजे गरिने बताएको निर्वाचन समितिले जानकारी दिएको छ ।
पोख्रेलले नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
महासंघ कै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचन भएको यो पहिलो पटक हो ।