Tuesday, September 26, 2023

सर्लाहीको बलरामा आगलागी हुँदा ११ लाखको क्षति

सर्लाहीको बलरा नगरपालिकामा शनिबार दिउँसो भएको आगलागीबाट ११ लाखभन्दा बढीको क्षति भएको छ ।

बलरा नगरपालिका–४ बलरागोठ बस्ने विकाउ सहनीको घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा उनीसहित तीन जनाको घर तथा घरभित्रका सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ ।

आगलागीले सहनीको घर तथा सबै सामान जल्दा ७ लाख, उनका छिमेकी जैन सहनीको घर जल्दा ३ लाख र अर्का छिमेकी श्यामकान्त झाको घर आशिंक रुपमा जल्दा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *