Tuesday, September 26, 2023

कर्णाली चिसापानीमा बेपत्ता विद्यार्थीको शव अझै भेटिएन,खोजी कार्य जारी

कर्णाली चिसापानीमा बेपत्ता विद्यार्थीको खोजी कार्य तिब्र पारिएको छ । शनिबार दिउँसो करिव ३ बजे तिर
कैलालीको लम्कीमा रहेको ब्राईट फ्युचर ईङलिस मिडियम स्कुलमा कक्षा १० मा अध्यानरत ८ जना विद्यार्थी चिसापानी घुम्न गएका मध्य ५ जना पुलको छेउमा फोटो खिचिरहेका र ३ जनाले पुलको बिच भागबाट हाम फालेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दिर्ग बोगटिको कमाण्डमा खटिएको प्रहरी टोलिले दुई जना लाई सकुसल उद्दार गरेको र एक जना बेपत्ता भएका थिए ।

र्‍याप्टिङ बोटको सहायताले लम्कीचुहा १ थकालीपुर बस्ने केशब सिंहका छोरा वर्ष १७ को बिरेन्द्र सिंह,थपालीपुरकै देवराज प्याकुरेलका छोरा वर्ष १८ का लोकेश प्याकुरेललाई शकुशल उद्दार गर्न सकियो
लम्की चुहा २ अमरपुर बस्ने वर्ष १८ को संजय खड्का बेपत्ता भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनु भयो ।
लोकेश र केसबले सुरुमा हाम फालेपछि उनिहरु लाई बचाउन बिरेन्द्र सिह गएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *