प्रेम ताडी,चैत्र २९, सुखड
आइपिएलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्स लाई ७ विकेट को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । मुम्बईमा भएको खेलमा टस जितेर जिल्लीले बलिङ रोजेको थियो ।
टस हारेर पहिले ब्याटिङ को निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो ।
१८९ रनको विजयी लक्ष्य लिएर मैदानमा पसेको दिल्लीले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो ।
उसका लागि ओपनर द्वय शिखर धवन र पृथ्वी शाले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । धवनले ८५, शाले ७२ रन को योगदान दिए । त्यस्तै कप्तान ऋषभ पन्त १५ रनमा अविजित रहे त्यस्तै मार्कस स्टोइनिस १४ रनमा आउट भए ।
बलिङ तर्फ शार्दुल ठाकुरले दुई र ड्वेन ब्रावोले एक विकेट लिए । यस अघि ब्याटिङ गरेको चेन्नई का लागि सुरेश रैनाले ५४,मोइन अलि ३६, साम करनले ३४ रनको योगदान दिए । त्यस्तै अम्बाती रायडूले २३ ,रवीन्द्र जडेजा २६ रनमा अविजित रहे भने अन्यले राम्रो स्कोर जोड्न सकेनन् ।
त्यस्तै बलिङ तर्फ दिल्लीका आवेश खान, क्रिस वक्सले दुई/दुई, रवीचन्द्रन आश्विन र टम करनले एक/एक विकेट हात पारे ।
आज राती हैदराबाद र कलकत्ता बीच राती ७:४५ बजे हुने छ । हैदराबाद डेभिड वार्नर र कलकत्ता इयान मोर्गन को कप्तानीमा मैदान उत्रिने छन् ।