Thursday, September 28, 2023

कोरोनाले शैक्षिक संस्था बन्द हुने कुरा चल्दा घोडाघोडीमा विद्यार्थीसँग छलफल

डेमोक्रेसी संवादाता, चैत्र २९, सुखड

कोरोना माहामारीको दोश्रो चरण सुरु भएका बेला घोडाघोडी बहुमुखी क्याम्पसले विद्यार्थि सँग छलफल गरेको छ ।

आज बिहान घोडाघोडी क्याम्पसका व्यावस्थापन संकाय र सबै बिद्यार्थिहरुको तथा शिक्षकहरुको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । कोरोनाको दोश्रो लहर सुरु भए सँगै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएमा अध्ययन अध्यापनलाइ कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो ।

विद्यार्थिलाइ क्याम्पसमा आएर अध्यन गर्ने वातारवरण नभए क्याम्पसको जिमेलद्धारा Microsoft Teams भन्ने एप डाउनलोड गरि त्यहि बाट अध्यन अध्यापन गर्ने गराउने निर्णय गराउने निष्कर्ष निकालिएको छ । सम्पुर्ण बिद्यार्थिहरुको इमेल र पासवर्डलाई क्यामपसले आफैले बनाइ क्यामपसको वेबसाइड र क्याम्पसको फेसबुक पेजमा पोस्ट गरिने क्यम्पस प्रमुख बिनोद खडकाले बताए ।

यसअघि पहिलो चरणको कोरोना भाइरसको माहामारीमा पनि क्याम्पसले अनलाइन बाट अध्यापनलाई निरन्तरता दिएको थियो ।

अध्यापनलाई निरन्तरता दिदै क्याम्पसले बिद्यार्थिहरुको आर्थिक अबस्थालाई हेरेर मासिक रू ३०० मा २८ जिबि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *