प्रेम ताडी,चैत्र ३०, सुखड,
आइपिएलमा गए राति भएको खेलमा केकेआरले हैदरावादको १० रनले पराजित गरेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो खेल अन्तर्गत गए राति भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआर ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनायो । उसका लागि ओपनर राहुल त्रिपाठी ले अर्धसतकीय पारी खेले उनले २९ बलमा ५३ रन बनाए,त्यस्तै नीतीश राना ले पनि उत्कृष्ट पारी खेले उनले पनि ५६ बलमा ८० रन र विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिक ले ९ बलमा २२ रन बनाउँदै अविजित रहे ।
बलिङमा हैदराबाद का राशिद खान र मोहम्मद नाबीले दुई/दुई तथा भुवनेश्वर कुमार र टी नटराजनले एक/एक विकेट लिए ।
१८८ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद निर्धारित २० ओभरमा ५ विकेट गुमाएर जम्मा १७७ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनरहरुले खासै केही गर्न सकेनन् । त्यसपछि मानिस पाण्डेले विस्पोटक ब्याटिङ गरे उनले ४४ बलमा ६१ रनमा अविजित रहे पनि टिमलाई जीत दिलाउन भने सकेनन् । त्यस्तै जोनी बेयरिस्टोले ४९ बलमा ५५,अब्दुल समदले ८ बलमा १९ रनमा अविजित रहे तर पनि टिमले गर्नु पर्यो ।
त्यस्तै आज राती ७:४५ बजे राजस्थान रोयल र किंग्स 11 पञ्जाब खेल्ने छन् । राजस्थान सञ्जु सामसनको कप्तानीमा र पञ्जाब केएल राहुल को कप्तानीमा मैदान उत्रिने छन् ।