Sunday, September 24, 2023

कोरोनाको कारण देखाउँदै तत्काल विद्यालय बन्द नगर्न सुझाव

डेमोक्रेसी नेपाल, चैत ३०

आज सोमबार शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने विषयमा सरकारले कोरोना संक्रमणको जोखिम देखाएर निर्णय नगर्न सुझाव दिएका छन् । सहभागीहरुले छलफलमा केन्द्र सरकारले निर्णय लिनु भन्दा अवस्था हेरेर स्थानिय सरकारलाई जिम्मा दिनुपर्ने बताए । भने कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।

कति पयले एक ठाउँमा समस्या देखिएको भरमा देश भरका शैक्षिक संस्था बन्द गर्न नहुने अवस्था हेरेर स्थानिय तहले आफ्नो आफ्नो ठाउँमा त्यही किसिमको निर्णय लिनु पर्ने समेत सुझाव दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनि कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताए ।

सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न सुझाव दिए । उनले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको बताए ।

विद्यालय बन्द गर्नु मात्रै समस्याको समाधान नभएकाले अहिले बन्द गर्ने नहुने उपस्थित धेरै को विचार थियो ।

निजी विद्यालय ले त हिजो देखि नै विद्यालय बन्द गरिनु हुँदैन अनलाइन शिक्षा प्रभावकारी छैन भन्दै विरोध गर्दै आइरहेका थिए ।

छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *