प्रेम ताडी,चित्र ३१,सुखड,
आइपिएल क्रिकेट मा पंजाबको सनसनी पूर्ण जीत राजस्थान चार रनले पराजित भएको छ ।
१४औँ सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्स चार रनले पराजित भएको छ ।
पञ्जाबले दिएको २ सय २२ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो । राजस्थानका लागि कप्तान सञ्जु सामसन शतकीय पारी खेले पनि अन्तिममा आएर टिमलाई भने जिताउन सकेनन् । उनले ६६, बलमा १२चौका र सात छक्का सहित ११९ रन बनाए । यस सिजनको सतक प्रहार गर्ने उनी पहिलो खेलाडी पनि बने । त्यस्तै, रियान पराग, जोश बटलरले २५/२५, शिवम् दुबेले २३ र मनन बोहराले १२ रनको योगदान दिए ।
बलिङमा अर्शदीप सिंहले तीन, मोहम्मद शामीले दुई, रिले मेरिडीथ र चय रिचडर्सनले एक/एक विकेट लिए ।
त्यसअघि, मुम्बईमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनायो ।
उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धशतकीय पारी खेले राहुलले ५० बलमा सात चौका र पाँच छक्काको मद्दतमा ९१ र हूडाले २८ बलमा ६ छक्का र चार चौकासहित ६४ रन बनाए । त्यस्तै, क्रिस गेलले ४० र मयंक अग्रवालले १४ रनको योगदान दिए ।
बलिङमा चेतन सकारियाले तीन, क्रिस मोरिसले दुई र रियान परागले एक विकेट लिए ।
यो खेल सँगै प्रत्येक टिमले आफ्नो पहिलो खेल खेली सकेका छन् ।
आज राती मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स (केकेआर) बीच ७:४५ बजे चेन्नई मा सुरु हुने छ ।
केकेआरले हैदराबादलाई आफ्नो पहिलो खेलमा १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो तर मुम्बई भने आफ्नो पहिलो खेलमा रोयल चालेन्जर्स बैंग्लोर संग दुई विकेटले पराजित भएको थियो । आज को खेलमा मुम्बई पहिलो जितको खोजीमा हुने छ भने केकेआर भने आफ्नो दोस्रो खेलमा पनि अपराजित यात्रा कायमै राख्न चाहन्छ ।