Saturday, September 23, 2023

पर्यटकहरुको भ्रमणको केन्द्र बिन्दु बन्दै कर्णाली चिसापानी पुल

प्रेम ताडी,सुखड,२०७८ वैशाख १, डेमोक्रेसी नेपाल अनलाइन संवाददाता

कैलाली जिल्लाको कर्णाली चिसापानी पुल पर्यटक को भ्रमणको आशाको केन्द्र बिन्दु बनेको छ ।

आज नयाँ वर्ष २०७८ सालको पहिलो दिन अर्थात् सुदुर पश्चिमेलीहरुको बिसु तिहारको दिन आज सुदूर पश्चिमको मुख्य प्रवेश द्वार को रूपमा रहेको कर्णालीको चिसापानी मा अवस्थित पुलमा मान्छेको यस्तो भिड थियो कि त्यहाँ सुरक्षा कर्मीलाई समेत भीडभाड नियन्त्रण गर्न हम्मे हम्मे थियो । मान्छेहरुले पछिल्लो समय टिकटक मा भाइरल हुने सपनामा त्यहि पुलबाट हाम फाल्ने र कति पएको ज्यान समेत गइसकेकाले सुरक्षा कर्मीले त्यहाँ भिडभाड लाई समेत नियन्त्रण गर्न खटिएका थिए ।

मान्छेको भिडभाड यति बाक्लो थियो कि त्यस पुलबाट यता उता क्रस गर्ने सवारी साधनलाई समेत जममा बस्नुपर्ने अवस्था थियो ।

सन् १९९३ निर्माण कार्य सम्पन्न यस पुलको लम्बाई ५०० मीटर तथा चौडाई १० मीटर रहेको उक्त पुलमा पर्यटक को भिडभाड दिनहुँ लाग्ने गर्छ तर आज भने मान्छेको भीड निकै थियो । आज यहां बाँके,बर्दिया,सुर्खेत र कैलाली का मान्छेको बाक्लो भिडभाड थियो । मनोरम दृश्यका साथ चिसो हावाले गर्मी महिनामा पर्यटक लोभिने भएकाले यहाँ बाक्लो भिडभाड लाग्ने गर्छ ।

आज नयाँ वर्षको उपलक्ष्यमा यहाँ मान्छे हरू आफन्त संग भेटघाट गर्दै मित्रता बढाउँदै,नयाँ सोच का साथ त्यहाँ गएका थिए । उसो त सधैं यहाँ पर्यटक को बाक्लो भिडभाड हुने भए पनि आज भने विशेष किसिमले मान्छेहरू त्यहाँ आइपुगेका थिए । चिसापानी पुल मात्र नभई आज मान्छेले चिसापानी बजार पनि भरिभराउ नै थियो । कोही टिकटक बनाउने,कोही फोटा खिच्ने देखि आ – आफ्नै दुनियाँ मा थिए मान्छेहरु ।

मान्छेहरू पुलमा मात्र नभई पिकनिक स्थलमा पनि निक्कै मात्रामा थिए कोही नाचगान गर्दै थिए त कोही,त्यहाँ पिकनिक खानमा मस्त थिए ।

पछिल्लो समय पर्यटक को आशाको केन्द्र बनेको चिसापानीमा पछिल्लो समय हाम फालेर कतिले ज्यान समेत गुमाउने गरेकाले त्यस तर्फ पनि स्थानिय तहको ध्यान जाओस् । सुरक्षाको व्यवस्था अति नै आवश्यक रहेको देखिन्छ यस क्षेत्रमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *