प्रेम ताडी,कैलाली,वैशाख १
इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल चालेन्जर्स बैंग्लोरले आफ्नो दोस्रो जित दर्ता गराएको छ आज भएको खेलमा सनराइजर्स हैदराबाद लाई छ रनले पराजित गरेको हो ।
१४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज चेन्नईमा ७:४५ बजे बाट सुरु भएको खेलमा रोयल चालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदराबाद लाई छ रनले पराजित गर्दै दोस्रो जित दर्ता गराएको हो । चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेल ले सर्वाधिक अर्धसतकीय पारी खेले उनले ४१ बलमा ५९ रनको योगदान दिए भने त्यस्तै कप्तान विराट कोहली ले ३३,साहबाज अहमदले १४ रनको योगदान दिए भने अन्यले खासै रन बनाउन सकेनन् ।
त्यस्तै बलिङमा हैदराबादका जेसन होल्डरले तीन,राशिद खान ले दुई, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले एक/एक विकेट लिए ।
यस्तै १५० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिको हैदराबादले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर जन्म १४३ रन मात्र बनाउन सक्यो । उसको सुरुवाती एक विकेट गुमाए पछि डेभिड वार्नर र मनिष पाण्डे बीच राम्रो साझेदारी भयो । हैदराबाद का लागि कप्तान वार्नरले सर्वाधिक अर्धसतकीय पारी खेले पनि त्यो जीतका लागि प्रयाप्त भएन उनले ३७ बलमा ५४ रन बनाए,त्यस्तै मनिष पाण्डेले ३८ र राशिद खान ले १७ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क मा रन जोड्न सकेनन् ।
उता बलिङ मा भने साहबाज अहमदले तीन,मोहमद सिराज र हर्षल पटेलले दुई र कायल जेमिसनले एक विकेट लिए ।यो सँगै बैंग्लोरले ले दुई खेल खेल्दा दुइटै मा जीत निकालेको छ भने हैदराबाद ले भने दुई खेल खेल्दा दुइटै मा हर बेहोरेको छ ।
यस्तै भोलि दिल्ली क्यापिटल र राजस्थान रोयल बीच सोही समयमा हुने छ । दिल्ली ले पहिलो खेलमा चेन्नईलाई पराजित गरेको थियो भने राजस्थान पहिलो खेलमा पंजाब पराजित भएको थियो । उक्त खेल मुम्बई मा हुने छ ।