डेमोक्रेसी नेपाल, २ वैशाख,
कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक साता विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
आज महानगपालिकाका प्रमुख धवलशमशेर जबरा को अध्यक्षतामा बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
एकाएक एकदुई दिनमा संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालय बन्द गर्नुपर्ने बाध्यता आएकाले उक्त निर्णय गरेको उनले बताए ।
बाँकेमा हिजो मात्र एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले महानगरपालिका देखि जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने समेत निर्णय गरेको छ ।