Sunday, September 24, 2023

कर्णाली प्रदेश सभामा विश्वासको मत लिनमा मुख्यमन्त्री शाहीलाई कांग्रेसको साथ

डेमोक्रेसी नेपाल, सुखड,कैलाली, ३ वैशाख,

कर्णाली प्रदेशका मुख्यमन्त्रीले महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भए पछि कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसले पनि साथ दिने जनाएको छ ।

आज बसेको कर्णाली प्रदेश सभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू विश्वको मत लिन तयार रहेको र मत दिन उहाँले आग्रह समेत गरेका छन् ।

उक्त बैठक मा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले विश्वासको मुख्यमन्त्रीकै पक्षमा दिने बताउनु भयो ।

उनले उक्त बैठकमा बोल्दै,”हामी विश्वको मत शाहीको पक्षमा हाल्छौं । हामी संग भएको ६ मत हामी टकरकै हाल्छौं ।”

माओवादी केन्द्रबाट शाही मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा माओबादी केन्द्रसँग जम्मा १२ मत मात्र छ । विश्वासको मत लिन शाहीलाई २१ मत आवश्यक पर्ने छ । उनलाई नेपाली कांग्रेसले साथ दिए पनि उनको पक्षमा जम्मा १८ मत मात्र हुने छ । त्यसको लागि उनलाई ३ मत फेरि आवश्यक पर्ने छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसकारण उनलाई विश्वासको मत पाउन वा लिन राप्रपा को पनि साथ आवश्यक पर्ने छ । तर, राप्रपा भने तटस्थ रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *