Sunday, September 24, 2023

कैलालीको घोडाघोडी नगरपालिकामा घटना दर्ता अभियान शिविर सुरु

हरिश बमवैशाख ०३ सुखड

कैलालीको घोडाघोडी नगरपालिकाले घटना दर्ता अभियान शिविरहरू सञ्चालन गरेको छ । नगरपालिकाले घटना दर्ता गर्न छुटेकाहरूलाई समेट्ने उद्देश्यले शुक्रवार देखि घटना दर्ता अभियान अन्तरगत शिविरहरू सञ्चालन गरेको हो ।

नगरपालिकाले अभियानको पहिलो दिन वडा नं। १ को छडी माध्यमिक विद्यालय बेलार, वडा नं २ को चौड्याल आधारभूत विद्यालय सिरानगर र वडा नं। १० को कान्ति माध्यमिक विद्यालय पहलमानपुर शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । शुक्रवार देखि सुरु भएको अभियान वैशाख १६ गते सम्म चल्ने घोडाघोडी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश राज रेग्मीले बताए ।

व्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरूलाई आफ्नो पायक पर्ने दर्ता शिविरमा उपस्थित भई सेवा लिन हुन उहाँले सबैलाई आग्रह गर्नु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभाग सँगको समन्वयमा घोडाघोडी नगरपालिकाले घटना दर्ता अभियान सञ्चालन शिविर सञ्चालन गरेको हो ।

दर्ता शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता गरिन लागेको हो । शिविरमा निःशुल्क घटना दर्ता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *