Sunday, September 24, 2023

कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने संसद्लाई एमालेको स्पष्टीकरण

२०७८ वैशाख ३

आज कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरणको माग गरेको र कारबाही गर्न पनि सिफारिस गरेको छ ।

आज पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रदेशसभाको बैठकपछि आज साँझ बसेको एमाले संसदीय दलको बैठकले फ्लोर क्रस गर्ने सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई ह्वीप उल्लंघन गरेकाले स्पष्टीकरण माग गरिएको एमाले सांसद सुशील थापाले जानकारी दिए ।

त्यस्तै ह्वीप उल्लंघन गरेकाले कारबाही समेत गर्न पनि पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *