Saturday, September 23, 2023

त्रिकोणात्मक सिरिजमा नेपालको फराकिलो जित,ओपनिङ ब्याट्सम्यानको आक्रमण ब्याटिङ

प्रेम ताडी,कैलाली,चैत्र ४,

त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड विरुद्ध ९ विकेटको फराकिलो जित हात पारेको छ । नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले आक्रामक ब्याटिङको गर्दै ११६ रनको साझेदारी गरे ।

आज बाट काठमाण्डौ को टियु मैदानमा सुरु भएको त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले पाहुना टोली नेदरल्यान्डलाई लाई नौ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाहुना टोली नेदरल्यान्डले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका ओपनर द्वय आशिफ शेख र कुशल भुर्तेलले राम्रो ओपनिङ सुरुवात गरे । यी दुई बिच ११६ रनको साझेदारी बन्यो । यो नेपालका लागि अहिले सम्मकै ठूलो ओपनिङ साझेदारी हो । भुर्तेलले ४५ बलमा ६२ रन बनाए । भने शेखले ३८ बलमा अविजित ५४ रनको योगदान गरे त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले सात बलमा १३ बनाउँदै अविजित रहे ।

बलिङ तर्फ नेदरल्यान्ड का जुलियनडे मे ले मात्र एक विकेट हात पार्न सफल रहे ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १३६ रन बनाएको थियो । उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।

त्यस्तै बलिङ तर्फ नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरे उनले चार ओभरमा मात्र १३ रन खर्चेर एक विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा साहब आलम ले एक विकेट लिए ।

खेलमा म्यान अफ दि म्याच उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल भए ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल सहित मलेसिया र नेदरल्यान्ड सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *