Tuesday, September 26, 2023

को हुन युवा?

दिनेश धामी। बझाङ्ग

नेपाल सरकारले १६- ५९ वर्षसमूह बिचका मान्छेलाइ युवा भनेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार महासङघले १८ – ४० वर्ष उमेर समुहका मानिसलाइ युवा भनी ब्याख्या गरेको छ ।

तर म त्यस्ता बलियो देखिँदा धेरै बलवान् देखिने मान्छेलाइ युवा मान्दैन । वास्तविक युवा तिनै हुन जस्ले ब्यक्तिगत स्वार्थभन्दा पर रहेर परिवार , टोल , समुदाय , गाउँठाउ र देशकोलागि परिआएमा ज्यानको बाजि लगाउने र केही परिवर्तन ल्यानका लागि जोशिला ब्यक्ति हुन युवा ।

जो जसको उमेर बाल्यकाल सकिएर बुढयौली लाग्नुभन्दा अघिको समयका मान्छेलाइ युवा मान्न सकिँदैन ।युवा त त्यही हो जो जोश र नया उमङ्गका साथ जस्तोसुकै परिस्थितिमा , अनुकुल या प्रतिकुल समयमा पनि अनि जस्तोसुकै परिस्थितिमा पनि कुस्ती खेल्दै प्रत्येक पाइलापाइलामा समनियता अपनाउदै अगाडि बढदै जान्छ।

राष्ट्रमा भएका औधोगिक क्रान्ती , परिवर्तनका लागि क्रान्ती , शैक्षिक क्रान्ति , कृषि क्रान्ती लगयात थुप्रै क्रान्तिका प्रकाश दिने तैनाथ व्यक्ति हुन युवा । तर आजभोली देशमा भएका यस्ता जागरुक युवाहरु , परिवर्तनका हातहरु पलायन हुने प्रवृत्ति बढदै छ। हाम्रो देश बेसाहारा, बृदबृदा, अनि बलात्कारि लगायत बेरोजगारको मुलुक बन्दै गएको छ ।

जसको मुख्यकारण राज्यको उच्च ओहोदामा रहेका मान्छेहरु राज्यपक्षभन्दा पनि ब्यक्तिगत स्वार्थ , राजनीतिक स्वार्थ , लोभ लालच , सँकुचित अनि भष्टाचारमा केन्द्रीकृत हुनु हो । सबै युवा एकजुट भएर परिवर्तनका हातहरु फैलाउनु जरुरी छ।दुख अनि पिडामा छटपटिएका लाई सहयोग गर्नु , राम्रोकामको अनुसरण गर्नु , ब्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर गाउँ समाज अनि देशमा केही परिवर्तनका लडनु, सत्यको अनुसरण गर्नु गलतको घोर बिरोध गर्नु , भ्रष्टाचार बिरुद्द आवाज उठाउने , गलतको घोर भत्सर्ना गर्ने , असहाय अशक्तप्रती सहयोग गर्ने , अनि गाउँ समाज र देशलाइ परिवर्तनका हागाहरु फैलाउने व्यक्ती हुन युवा।

नेपाल आमालाइ दुख्दा मलम लगाउने ,राज्यमा आर्जित सार्वजनिक सम्पत्तिको सदुपयोग सम्बर्द्धन गर्ने व्यक्ति हुन युवा। अब हाम्रो गाउँ ठाउँ अनि देशपरिवेशमा भएका जल , जनशक्ति , जडिबुटी , जमिन र जङ्गलको अधिकतम परिचालन र जगेर्ना गरि बिकासनिमार्ण र परिवर्तनका लागि पहल गर्नु पर्छ। देशमा भएको गलत कार्यको घोर बिरोध गर्दै देशको बिकास र समृद्धिका लागि ऐक्यबद्ध भएर लाग्नु जरुरी छ केवल राष्ट्र र राष्ट्रियका लागि ।

#हामी भन्छौ परिवर्तन सम्भव छ केवल युवाहरुबिछ एकता भएमा ।

जय युवा जय देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *