प्रेम ताडी,सुखड कैलाली,वैशाख ६,
आज भएको खेलमा त्रिकोणात्मक सिरिजमा नेपालले पाहुना टोली मलेसियालाई नौ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गराएको छ ।
काठमाण्डौको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार देखि सञ्चालित त्रिकोणात्मक सिरिज क्रिकेटमा आज भएको खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गराएको छ ।
मलेसियाले दिएको सामान्य ११० रनको लक्ष्य लिएर मैदान उत्रिको नेपालले उक्त लक्ष्य १२.१ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आज पनि ओपनर द्वय आशिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात गरे । यी दुई बिच १०२ रनको साझेदारी बन्यो आज पनि । कुशल भुर्तेलले ४१ बलमा पाँच छक्का र तीन चौका सहित ६१ रनमा अविजित रहे भने आशिफ शेखले २९ बलमा एक छक्का र चार चौकाको मद्दतमा ४२ रन बनाएर आउट भए भने उपकप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।
मलेसियाका लागि एक विकेट बिरन्दीप सिंले लिए ।
पहिले टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा पुरै विकेट गुमाएर मात्र १०९ रन मात्र बनाउन सक्यो । उसका लागि सैयद अजीजले २७, शेरविन मुनिआन्डेले २० र सफिक सरिफले १५ रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङ तर्फ नेपालका कारण केसीले तीन, सन्दीप लामिछानेले २ भने सोमपाल कामी,साहब आलम,कुशल मल्ल र दीपेन्द्र सिँ ऐरीले समान एक/एक विकेट लिए ।
यो नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो जित हो । गत शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डलाई पनि समान नौ विकेटले नै पराजित गरेको थियो । भोलि नेपालले फेरि आफ्नो तेस्रो खेल अन्तर्गत नेदरल्याण्डसंग खेल्ने छ ।